Todays Date: २०८३ जेष्ठ ११

मोहन राईको ‘महानगर’ लाई उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको अवार्ड


काठमाडौं । पाचौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ-२०२२) सम्पन्न भएको छ। सोमबार राष्ट्रिय सभागृहमा आयोजिक कार्यक्रममार्फत उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै महोत्सव समापन भएको हो।

महोत्सवमा विभिन्न १४ विधामा उत्कृष्ट भएका फिल्महरुलाई अवार्ड वितरण भएको छ। महोत्सवमा उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको अवार्ड ‘महानगर’ले पाएको छ। फिल्मलाई मोहन राईले निर्देशन गरेका हुन्।

महोत्सवमा डन किहोटे अवार्ड उत्कृष्ट फिचरका लागि साइलेन्स ट्री पुरस्कृत भएको छ। फैजल सयसलको निर्देशनमा बनेको फिल्म साइलेन्स ट्रीले पुरस्कार पाएको हो।

त्यस्तै, उत्कृष्ट सिनेमेट्रोग्राफीका लागि चिसो एस्ट्रे फिल्मबाट उज्ज्वल बस्ताकोटीले अवार्ड पाएका छन्। उत्कृष्ट स्क्रिनप्ले (पटकथा)का लागि महानगर फिल्मबाट मोहन राईले अवार्ड पाएका छन्।

उत्कृष्ट पुरुष अभिनेताका लागि चिसो एस्ट्रेबाट दिव्य देव, उत्कृष्ट महिला अभिनेत्रीका लागि महानगरबाट मेनुका प्रधान, उत्कृष्ट निर्देशनका लागि महानगरबाट मोहन राईले अवार्ड पाएका छन्।

त्यस्तै, सर्ट फिल्मबाट उत्कृष्ट निर्देशकको लागि बच्चन बेन्जनकार, उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको अवार्ड आईसक्रीमका लागि संगिता श्रेष्ठ, उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने बागमती अवार्ड अल सिट्टले पाएको छ।

त्यस्तै, मन्जुश्री अवार्डअन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड साईमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड गोर्खा गर्ल्सका लागि विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड आउट अफ थिन एयरले पाएको छ।

त्यस्तै, उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मलाई दिइने गौतमबुद्ध अवार्ड नो ग्राउन्ड बिनिथ द फिट्ले पाएको छ। महोम्मद राबिमिद्ले फिल्मलाई निर्देशन गरेका हुन्।

महोत्सवमा विभिन्न ३८ देशबाट प्राप्त ८९ फिल्महरु भौतिक र भर्चुअल माध्यामबाट प्रदर्शन भएका थिए। चैत्र १६ बाट चलेको कार्यक्रममा फिल्मको प्रदर्शनसँगै नेपालको सिनेमा क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफल पनि भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x