चलचित्र ‘महापुरुष’ निर्माणको घोषणा,महजोडी मुख्य भूमिकामा
काठमाडौं । निर्देशक प्रदीप भट्टराईले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘महापुरुष’ निर्माणको घोषणा गरेका हुन् ।
उनले आफ्नै लेखन तथा निर्देशन रहने चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल र अरुण क्षेत्री मुख्य भूमिकामा रहने बताएका छन् ।
दीपेश खत्रीको निर्माण रहने चलचित्रमा कार्यकारी निर्माता रवीन्द्र सिँह बानिया छन् । चलचित्र केही समयपछि छायांकनमा जानेछन् ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।