News

चलचित्र ‘आँखा’मा अनुबन्धित भइन् निशा अधिकारी

nisa

काठमाडौं । जोन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘आँखा’मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । उनीसँगै कलाकार आरके मेहता रोशन पनि अनुबन्धित भएका छन् ।

चलचित्र २४ वैशाखबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ । निशाले झण्डै पाँच वर्षअघि क्रिकेटर शरद भेस्वाकरसँग विवाह गरेकी थिइन् । त्यसयता उनी फिल्ममा सक्रिय देखिएकी थिइनन् ।

निशा अभिनित पछिल्लो फिल्म ‘पोखराकी काली’ थियो ।

दुई वर्षअघि निशाले महिनावारको मुद्दामाथि सर्ट फिल्म ‘कति पर’को निर्देशन गरेकी थिइन् । अब भने निशा धमाधम फिल्ममा व्यस्त हुन थालेकी छन् । उनको कमब्याक रहेको चलचित्र ‘म’को पोस्ट प्रोडक्सनको काम भइरहेको थियो । शुक्रबारबाट भने निशा ‘जलेबी’ फिल्मको सुटिङमा व्यस्त हुनेछिन् ।

फिल्म ‘आँखा’ सिनेमा प्रोडक्सन हाउसले निर्माण गर्दैछ । फिम ‘आँखा’ मध्यमवर्गीय परिवारको कथा हो । धनी र गरिबबीचको द्वन्द्व र मानवताको पाटोलाई दर्शाउने गरी फिल्म निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments