Todays Date: २०८३ जेष्ठ ३१

‘माग्ने बुढा’को निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ आउँदै

काठमाडौं । माग्ने बुढा अर्थात् केदारप्रसाद घिमिरेको निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ निर्माण हुने भएको छ । वैशाख अन्तिमदेखि एपीवान टेलिभिजनबाट शो प्रसारण हुने जनाइएको छ ।

शोमा माग्ने बुढासहित कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरु राजा राजेन्द्र, खड्गबहादुर पुनमगर (खबपु) र सुबोध गौतमले कमेडी कला प्रस्तुत गर्ने भएका छन् ।

मंगलबार शोको आधिकारिक पोस्टर सार्वजनिक गर्दै वैशाख अन्तिमदेखि एपीवान टेलिभिजनबाट शो प्रसारण हुने जनाइएको छ ।

शोमा कमेडीका ६ शैली प्योर, ह्युमर, रोमान्टिक, स्ट्यान्ड अप, सटायरिक र प्यारोडी प्रस्तुत गरिने पोस्टरमा उल्लेख छ ।

६ महिनासम्म प्रसारण हुने योजनाअनुसार एसिपोड छायांकन सुरु भएको छ भने शो तीन सिजनसम्म सञ्चालन गर्ने लक्ष्य रहेको छ । शोका कन्टेन्ट निर्देशन माग्ने बुढा र प्राविधिक निर्देशन भने जनकदीप पराजुलीले गरिरहेका छन् ।

वैशाख अन्त्यदेखि प्रसारण लक्ष्य राखिएको शोका दुई भागको छायांकन सकिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x