काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकाको बुवालेसमेत अदालतमा बयान फेरेका छन्।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएका छन्।
मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन्। ‘दुर्गेशजीले सो क्रममा दुई जनाको बिषयमा मलाई थाहा छैन। मैले सुनेको मात्र हुँ भने।
आइतबार नाबालिकाले पनि बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरुमा सत्यता नभएको बताएकी थिइन्।