Todays Date: २०८३ जेष्ठ ३०

‘सेनाको चेली’ बन्याे उत्कृष्ट सर्ट फिल्म

काठमाडौं । ‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७८’मा ‘सेनाको चेली’ उत्कृष्ट भएको छ। नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगितामा इँगीहोपो कोँइच सुनुवारको निर्देशनमा बनेको सेनाको चेली उत्कृष्ट भएको हो।

युद्धका दुई पक्षको द्वन्द्व तथा मिलनको विषयवस्तु समेटिएको फिल्मले प्रमाणपत्र तथा दुई लाख नगद पुरस्कार पनि पाएको छ। प्रतिस्पर्धामा दुर्गाबहादुर कार्कीको सेता मलामी दोस्रो तथा रविन तामाङको डोल्मा तेस्रो भएका छन्। दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः १ लाख ५० हजार र १ लाख पुरस्कार पाए।

प्रतियोगिताका लागि ५१ फिल्मको निवेदन परेको थियो। जसमा उत्कृष्ट १० फिल्मले निर्माणका अनुमति पाएका थिए। प्रतियोगितामा गौरव २, फातिमा र गरिमाले सान्त्वना हासिल गरे।

मंगलबार प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा सबै विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। त्यस क्रममा फोटो प्रदर्शनीका साथै उत्कृष्ट लघु चलचित्र गरिमा, फातिमा, गौरव २, डोल्मा, सेता मलामी र सेनाको चेली पनि प्रदर्शन गरिएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x