Todays Date: २०८३ जेष्ठ २९

फ्राइडे रिलिजः सौगात र दीयाको ‘मन्त्र’ प्रदर्शनमा

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनित फिल्म ‘मन्त्र’ शुक्रबारबाट प्रदर्शनमा आएको छ। यो फिल्मसँगै बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ पनि प्रदर्शनमा आएको छ।

हिमाली प्रेम कथा भनिएको फिल्म ‘मन्त्र’ ले प्रदर्शन अगावै गरेको प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुलिसकेको छ ।

अर्गानिक फिल्म, हिमाली सुन्दरता, पोख्त अभिनयले मन जितेको फिल्म हेर्न पुगेका फिल्मकर्मीले प्रतिक्रिया दिएका थिए । प्रदर्शकबाट न्यून शो पाएको फिल्ममा सौगात मल्ल, दीया पुन, बुद्धि तामाङको मुख्य भूमिका छ ।

फिल्ममा सौगात र दीयाको माया तथा सौगात र बुद्धिको मित्रतामा केन्द्रित छ । प्रिमियरमा सकारात्मक शो पाउँदा पनि प्रदर्शकहरुले फिल्मलाई उत्साह हुने किसिमको शो दिएका छैनन् ।

पछिल्लो केही समय यता स्वदेशी फिल्मलाई प्रदर्शकले मितव्ययी व्यवहार नगर्ने गुनासो बढ्न थालेको छ । यसको उदाहरण ‘मन्त्र’ फिल्म समेत हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x