काठमाडौं । मेलिना राईको स्वरमा ‘एकान्तमा’ बोलको गीत सार्वजनिक भएको छ। दार्जिलिङको मिरिकमा छायांकन भएको गीतको भिडिओमा प्रतिमा लिम्बु र मनेन्द्र गोर्खाले अभिनय देख्न सकिन्छ।
अगम बिकरालको शब्द रहेको गीतमा नु हाङ राईको संगीत र फणिन्द्र राईको एरेञ्ज रहेको छ। भिडिओको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन्। आपसी मतभेदका कारण श्रीमानले घर छाडेपछि एक्लिएकी युवतीको विरहलाई गीतमा प्रस्तुत गरिएको छ।