Todays Date: २०८३ जेष्ठ २८

सगरमाथाको क्याम्प-३ मा कन्सर्ट गरेर राजु लामाले राखे विश्व कीर्तिमान

काठमाडौं । जलवायु परिवर्तनको असरबारे सन्देश दिन गायक राजु लामाले ६ हजार ५७४ मिटर उचाइमा कन्सर्ट गरेका छन् । सगरमाथाको क्याम्प-३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाए ।

जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको राजुले बताए ।

राजुको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम समेत हो । यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए ।

मंगोलियन हार्टको यो कन्सर्टसँगै बेलायती गायकको अघिल्लो कीर्तिमान पनि तोडिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x