Todays Date: २०८३ जेष्ठ २८

मदनकृष्ण श्रेष्ठको जन्मदिनमा ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन उपहार (भिडियोसहित)

काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानको गीत ‘एउटा सपना छ’ को लेजेन्डरी भर्सन सार्वजनिक भएको छ ।

मदनकृष्णको जन्मदिनमा उनकै स्वरमा पुरुष र महिला भर्सन पश्चात गीतको लेजेन्डरी भर्सन सार्वजनिक भएको हो ।

गीतको भिडियोमा मदनकृष्ण र नायिका आँचल शर्माले अभिनय गरेका छन् । जहाँ, आँचल मदनकृष्णकी नातिनीको भूमिकामा देखिएकी छिन् ।

बिरामीका कारण सबै कुरा विर्सिएका आफ्ना हजुरबुबालाई भेट्न गाउँ फर्किएकी नातिनी र हजुरबुबाको कथामा यो गीतको भिडियो तयार पारिएको छ ।

सराना श्रेष्ठको कथा र निर्देशनमा तयार भएको भिडियोमा हरि हुमागाँइको छायांकन र सम्पादन छ । हरिको क्रियटिभ हेट्सले बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिनको अवसर पारेर भिडियो नै उपहार दिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x