News

चलचित्र ‘हनी बनी’मा जसिताको इन्ट्री

Honey Boney 0hbnbm6HsP

काठमाडौं । अभिनेत्री जसिता गुरुङले ‘हनी बनी’साइन गरेकी छिन् । बिहीबार लन्डन उडेका फिल्म निर्देशक दिवाकर भट्टराईले लन्डन पुगे लगत्तै जसितालाई साइन गरेका हुन् ।

‘लिली बिली’बाट नेपाली फिल्ममा डेब्यू गरेकी जसिता धिरज मगरसँग अभिनय गरेको ‘आइ एम ट्वान्टी वान’ फिल्मको रिलिजको पर्खाइमा छिन् । त्यसअद्धि उनले प्रदीप खड्कासँग ‘लभ स्टेसन’मा अभिनय गरेकी थिइन् ।

यसअघि फिल्मका लागि अनुबन्ध भएका अभिनेता अनमोल केसी र सारा सिरपाली भने टिमबाट बाहिरिसकेका छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments