काठमाडौं । सूर्य एन श्रेष्ठद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘लाइफ इन एलए’ को गीत ‘उदाएर आयौ तिमी’ सार्वजनिक गरिएको छ ।
यही जेठ ६ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
फिल्ममा दुई मुख्य कलाकार अकेशा विष्ट र ब्यास बिस्सु फिचर्ड छन् ।
प्रविशा अधिकारी र प्रताप दासको स्वर रहेको गीतमा प्रतीक पौडेलको संगीत छ । गीत रिलिज कार्यक्रममा कलाकारहरु शिल्पा मास्के, निलम चन्द र लोकन्द्र लेखकको उपस्थिति थियो ।
त्रिकोणात्मक प्रेमकथा पेश गर्ने फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, नीलम चन्दसहित अमेरिकी कलाकारको समेत अभिनय छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।
दीपक वली एसोसियट निर्देशक रहेको फिल्मका प्रोडक्सन म्यानेर प्रदीप आचार्य र प्रदीप खत्री हुन् ।
फिल्ममा समावेश अमेरिकाका दृश्यहरुको छायांकन क्रिस वारेन र एडवर्ड युकेन गरेका हुन् भने नेपालका दृश्य बाबु श्रेष्ठले खिचेका हुन् ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।
अमेरिकाको विभिन्न राज्यमा प्रदर्शन भैसकेको यो फिल्मलाई दर्शकले निकै रुचाएले नेपाली दर्शकबाट पनि राम्रो साथ पाउने विश्वास निर्माण टिमले राखेको छ ।