Todays Date: २०८३ जेष्ठ २८

गायिका अस्मिता अधिकारीलाई यस वर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार’

काठमाडौं । गायिका अस्मिता अधिकारीलाई यस वर्षको ‘छिन्नलता प्रतिभा पुरस्कार’ प्रदान गरिने भएको छ।

छिन्नलता गीत पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको यो पुरस्कार यस वर्ष अधिकारीलाई प्रदान गर्न लागिएको हो।

गायिका अधिकारीले छिन्नलता प्रतिभा पुरस्कार पाउन लागेको खुशी सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गरेकी छिन्।

अस्मिता लेख्छिन् ‘छिन्नलता पुरस्कार! ओहो! छिन्नलता प्रतिभा पुरस्कारमार्फत सम्मानित हुन लागेको थाहा पाउदा एकछिन त कस्तो अवाक नै भए। नेपाली सङ्गीत जगतको यति ठुलो सम्मान मेरो लागी गीत सङ्गीत क्षेत्रमा अझै अगाडी बढ्न ठुलो प्रेरणा हुनेछ। यो खुशीको अवसरमा आज सम्मको यात्रामा साथ सहयोग दिने हजुरहरु सम्पूर्णमा मनैदेखि आभार प्रकट गर्न चाहान्छु।’

नेपाल आइडलबाट उदाएकी अस्मिता पछिल्लो समय निकै रुचाइएकी गायिका हुन्। ‘टाढा भए पनि, सुनैको दरबार, रमरम मरौटी, तिम्रो मायाले बाँधेर राख’लगायतका थुप्रै लोकप्रिय गीतमा अस्मिताले आवाज दिएकी छिन्।

नेपाल आइडलको दोस्रो संस्करणमा भाग लिन आएका अस्मिता उक्त सिजनमा थर्ड रनरअप भएकी थिइन्।
नेपाली सांगीतिक क्षेत्रमा सालिन गायिकाको परिचय बनाएकी अस्मिता नर्स हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x