‘प्रेमगञ्ज’ को आइटम गीत रिलिज (भिडियोसहित)
काठमाडौं । चलचित्र ‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’ रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो ।
भदौ ३ गते रिलिजको तयारीमा रहेको चलचित्रको प्रमुख अभिनेत्री बेनिशा हमाललाई हट अवतारमा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीले स्वर दिएका छन् ।
परिच्छेद सेन निर्देशित फिल्मको कलाकारमा बेनिशासहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।