News

लैनसिंह वाङ्देलको चर्चित उपन्यासमा आधारित चलचित्र ‘अभिन्न’को ट्रेलर सार्वजनिक

काठमाडौं । लैनसिंह वाङ्देलको चर्चित उपन्यास ‘लंगडाको साथी’ उपन्यासमा आधारित चलचित्र ‘अभिन्न’को ट्रेलर सार्वजनिक भएको छ। प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्मको ट्रेलर मङ्गलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

चलचित्रमा कर्मा केन्द्रीय भूमिकामा देखिँदैछन्। डा. विभाकर शाक्यको प्रस्तुतिमा बनेको चलचित्रमा दार्जिलिङ, सिक्किम क्षेत्रको पृष्ठभूमि रहेको छ। आदित्य सेन्चुरी कार्यकारी निर्माता रहेको चलचित्रमा रञ्जित गजमेरको संगीत रहेको छ।

‘कथा’ र ‘हेलेन’ रसाइलीको निर्देशनमा बनेका चर्चित फिल्म हुन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments