निर्वाचित भएपछि बालेनले र्यापबाट दिए धन्यवाद-‘भने कालो अतितलाई मेटाउ…’
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहले मतदातालाई र्यापबाट नै धन्यवाद ज्ञापन गरेका छन्।
मेयरमा निर्वाचित भएपछि आयोजित विजय र र्यालीलाई सम्बोधन गर्दै उनले र्यापबाट धन्यवाद दिएका हुन्।
उनले र्यापमार्फत कालो अतीतलाई मेटाउ र यो कल्पना हाम्रो हो भनेका छन्।
‘पालो हाम्रो हो जगाउ, कल्पना गर शान्तिको’ उनले भनेका छन्।
बालेन साह काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार थिए। उनले ठूला दलका उमेदवारलाई पछि पार्दै विजयी हासिल गरेका हुन्।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।