News

‘कबड्डी–४’ नायिका विवादले नयाँ मोड लिने संकेत, भएको के थियो ?

kabaddi1646224071

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘कबड्डी–४’को प्रदर्शन रोक्नुपर्ने भन्दै चलचित्र विकास बोर्डमा ७ बुँदे मागसहित ज्ञापन पत्र परेको छ। ‘संयुक्त आम नेपाली जनताहरु’ भन्दै १४ जनाले फिल्मको प्रदर्शन रोक्नुपर्ने माग राखेर विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन्।

फिल्मकी अभिनेत्री मिरुना मगरले फिल्म हेर्न आएका दर्शकले ‘नियतशव छोएको’ भन्दै झापड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन्। उक्त घटनापछि मिरुनाले ‘निर्दोष व्यक्तिलाई झापड हानेर प्रहरीको जिम्मा लगाएको भन्दै’ सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भएको थियो।

भएको के थियो ?

सार्वजनिक भएको सिभिल मलको सीसीटीभी फुटेजमा पीडक भनिएका फुुर्वा लामाले मिरुनामाथि दुर्व्यवहार गरेको देखिँदैन । मिरुना चलचित्र निर्माण टिमकै बीचमा छिन् । उनलाई छोएको हात उनीसँगै रहेका सौगात मल्लको जस्तो देखिन्छ । यद्यपि, फुटेज हेरेकै भरमा यकिन गर्न सकिँदैन ।

फुटेजमा उनी निर्माण टिमसँगै हिँडिरहेको देखिन्छ । दुर्व्यवहारको आरोप लगाइएका व्यक्ति फुटेजमा देखिए पनि उनी टाढै छन् । यद्यपि, यही फुटेजका आधारमा घटनाबारे निष्कर्षमा भने पुग्न सकिने अवस्था छैन ।

घटनामा नायिका मिरुनाले भनेजस्तो दुर्व्यवहार नभएको भन्दै लामाका समर्थकले विरोध गरिरहेका छन् । जबर्जस्ती आरोप स्वीकार्न लगाइएको भन्दै नायिका मिरुनाले माफी माग्नुपर्ने उनीहरूको माग छ । यसबारे ‘कबड्डी’ निर्माण टिमको कुनै भनाइ सार्वजनिक भएको छैन ।

मिरुनाले घटनास्थलमा नै लामालाई माफी माग्न लगाएकी थिइन् । उनको उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका लामा आज दिउँसो रिहा भइसकेका छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments