दाइजो प्रथाको पीडा भन्ने लोकदोहोरी गीत ‘रेलीमै’दर्शक स्रोताको रोजाइमा (भिडियोसहित)
काठमाडौं । दाइजो प्रथाबारे बनेको वसन्त विश्वकर्माको लोकदोहोरी गीत ‘रेलीमै’ दर्शक/स्रोताको रोजाइमा परेको छ ।
शान्तीश्री परियार र वसन्त विश्वकर्माको आवाजमा रहेको ‘रेलीमै’बोलको गीतमा नेपाली समाजमा रहेको कुप्रथा दाइजो प्रथालाई देखाइएको छ।
जसमा दाइजोका लागि हुने घरेलु हिंसा र त्यसकै कारण बर्सेनि कयौँ महिलाले आत्महत्या गर्ने गरेको गीतको भिडियोमा देखाइएको छ।
वसन्त विश्वकर्माका शब्द रहेको गीतमा संगीत प्रकाश दुतराजको रहेको छ। धर्म गन्धर्वको सारंगी र गोपाल देवको बाँसुरी गीतमा सुन्न सकिन्छ।
म्युजिक भिडियोमा वसन्तसहित उषा उप्रेती शिवशरण न्यौपानेलगायत कलाकारको अभिनय छ।
भिडियोको निर्देशक मौसम हिमाली ले गरेका छन् । दुर्गा पौडेलको छायांकन रहेको उक्त गितको भिडियो सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।