पूजा र आकाशको ‘सम्झना–बिर्सना’ असार ३१ मा
काठमाडौं । प्रेम कथानक चलचित्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । पहिला जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगित भएको थियो ।
अब भने यो चलचित्र ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । ‘रिल’ र ‘रियल’ दुवैमा जमेको जोडीका रूपमा चर्चित पूजा र आकाशलाई दर्शकले अब यही चलचित्रमा सँगै हेर्न पाउने छन् ।
निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्रको निर्देशन निमेष प्रधानले गरेका हुन् ।
अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको चलचित्रमा पूजा,आकाशका साथमा सुनिल थापा,छुल्ठिम गुरुङ र शिशिर राणाको अभिनय छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।