जी-बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ (भिडियो)
काठमाडौं । जी-बब नामले परिचित सुदीप भण्डारीको स्वरमा ‘फाइनल्ली भेटियो’ बोलको गीत सार्वजनिक भएको छ।
बुधबार बेलुकी ठमेलस्थित टेन एक्स क्लबमा उनको पहिलो अफिसियल गीतको भिडिओ सार्वजनिक गरिएको हो। जी-बबकै शब्द रहेको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन्।
एक्सन शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा नायिका सारा सिर्पाली र मोडल डेलविस फिचर्ड छन्।
अपहरणमा परेका जी-बबलाई सारा र डेलविसले अपराधीको पन्जाबाट मुक्त गरेको दृश्य भिडियोमा देखाइएको छ। ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको भिडिओमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी छ।
नवराज उप्रेतीले छायांकन गरेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन्।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।