काठमाडौं । गीतकार राज श्रेष्ठका गीतहरूको एल्बम ‘मन बिसाउने चौतारी’ एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल संगीत नाट्य प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले गीति एल्बमको विमोचन गरेका हुन् । उनले विदेशमा रहेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने सर्जकहरूको प्रशंसा गरे ।
पोखराका राज विगत तीन दशकदेखि बेलायतमा बस्दै आएका छन् । नेपाली गीत र मुक्तक लेखनमा सक्रिय छन् । उनका ६ गीतहरू उक्त एल्बममा समावेश छ ।
राजका गीतरूलाई संगीतकारहरू दीपक जंगम, सूर्य थुलुङ र न्युह् बज्राचार्यले संगीतबद्ध गरेका छन् । दीपक जंगम, संगीता राना प्रधान, सूर्य थुलुङ, अजर जंगम, प्रवीण बेडवाल, मेलिना राई र विक्रम बरालको आवाज छ ।