Todays Date: २०८३ जेष्ठ १२

‘चिना र जोखाना’ मार्फत गायनमा फर्किइन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारी करिव पाँच महिनापछि फेरि गायनमा फर्किएकी छिन्।

सानै उमेरमा थुप्रै लोकप्रिय गीत गाउन सफल गायिका अधिकारी केही समय सामाजिक सञ्जालबाट समेत टाढा थिइन्। विस्तारै उनी सामाजिक सञ्जालमा पनि देखिन थालेकी छन्।

टिकटकमा पनि उनले नयाँ गीत राखेकी छिन्। ‘चिना र जोखाना’बोलको गीत मार्फत उनी गायनमा फर्किएकी हुन्।

सार्वजनिक गीत गायनमा गायिका अधिकारीलाई गायनमा टिकाराम कट्टेलले साथ दिएका छन्।

समीक्षा को स्वर रहेको सार्वजनिक गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको एरेञ्ज रहेको छ। सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ।

गीतको म्युजिक भिडियोमा कलाकारहरु आकाश श्रेष्ठ, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा फिचर्ड छन्। भिडियोमा सरोज खड्का, सोनिया सिंह ठकुरीलाई पनि देख्न सकिन्छ।

माधव शर्माको निर्देशन रहेको गीतको भिडियो छायांकन नवराज उप्रेतीले गरेका हुन्। भिडियोमा टेकेन्द्र शाहको कलर र सम्पादन रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x