Todays Date: २०८३ जेष्ठ १२

‘पानीफोटो’को टिजर सार्वजनिक, बेपत्ता भएका छोराको पर्खाइमा आमाबुवा

काठमाडौं । अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले निर्देशकको रुपमा डेब्यू गरेको फिल्म ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ।

फिल्मको टिजर बिहीबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

टिजरको सुरुवातमा अभिनेता अनुप बराल र अभिनेत्री मेनुका प्रधानलाई देखाइएको छ। तुवाँलोले ढाकिएको परिदृश्यमा ढुंगामा बसेका उनीहरू श्रीमान–श्रीमतीको भूमिकामा छन्।

मेनुका प्रधान भन्छिन् ,‘लोग्ने मान्छे र स्वास्नी मान्छेसँगै भएपछि दु:ख हुने रैछ।’

अनि अनुप बराल भन्छन्, के भन्छे यो ?

मेनुकाको जवाफ हुन्छ, ‘हाम्रो बिहे नभएको भए छोरा जन्मिथिएन। छोरा नजन्मेको भए यसरी खोज्दै हिँड्नु पर्दैन् थियो क्यारे।’

यो संवाद हो फिल्म ‘पानीफोटो’ टिजरको। अभिनेता खगेन्द्र लामिछानेको डेब्यू निर्देशन रहेको फिल्म ‘पानीफोटो’को टिजर आज सार्वजनिक भएको छ।

सार्वजनिक टिजरमा बेपत्ता भएका छोराको खोजी र पर्खाइमा बसेका आमाबुवाको कथा देखाइएको छ।

फिल्ममा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान र मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग, रमेश अधिकारी, कमलमणी नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमार खड्का लगायतका कलाकारहरूको अभिनय छ । दीपक बज्राचार्यको छायाङ्कन रहेको यो फिल्म साउन १३ गतेदेखि प्रदर्शन हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x