Todays Date: २०८३ जेष्ठ १२

चलचित्र ‘म’ को सस्पेन्स–थ्रीलर टिजर सार्वजनिक

काठमाडौं । सुवर्ण थापा निर्देशित चलचित्र ‘म’ को टिजर सार्वजनिक भएको छ। आगामी साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रीलर शैलीमा तयार पारिएको छ।

एउटा घटनासँग जोडिएका र अनुसन्धानमा जुटेका विभिन्न पात्रको कथालाई टिजरमा देखाइएको छ।

चलचित्रसम्बन्धी अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति र कान्तिपुर सिनेमाज्को प्रोडक्सनमा तयार भएको चलचित्रमा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुविना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, गीत विष्ट, विमल पुरी, सुरज विष्ट, सुवास पौडेल, सुप्रज्ञा शर्मा, अजित रेग्मी, सम्राट क्षेत्री, जेम्स अधिकारी, विवेक कुँवर र अमोद भट्टको अभिनय छ।

संजोग रसाइली र पुनम श्रेष्ठले अभिनयमा डेब्यू गरेका छन् । प्रकाश पुरीको पटकथा रहेको फिल्ममा तेन्जिङ पाल्देनको छायांकन र बनिष शाहको सम्पादन छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x