News

चलचित्र विकास बोर्ड अध्यक्षको खोजिमा, यी योग्यता पुगेकाले आवेदन दिन पाइने

film development board rn1nwNCH7R

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको माग गरेको छ । योग्यता पुगेका नेपाली नागरिकका सूचना जारी गरेको हो ।

थप जानकारीका लागि सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्नु पर्ने छ ।

अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ। यस्तै स्नातक तह उतीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तिमा १० वर्ष नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रुपमा काम गरेको हुनुपर्नेछ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments