गीतकार टीएन् आर्चायको ‘आधा माया’ सार्वजनिक
काठमाडौ । गीतकार टीएन् अर्चायको ‘आधा माया’ बोलको गीत सार्वजनिक भएको छ । विहीवार सार्वजनिक भएको गीतमा रामकृष्ण ढकालर गायिका सलिना विकको स्वर रहेको छ ।
राम कार्कीको संगीतले सुगन्ध थपेको गीतमा दिपकप्रसाद आर्चायको कथा रहेको छ । शब्द तथा लय टीएन आर्चायको नै रहेको छ । निर्देशन सुरेश थापाले गरेका छन् ।
माया प्रितिका सुमधुर क्षणहरुलाई समेटिएको गीतमा बरुण अधिकारी, केकी अधिकारी र आरभ आर्चायको अभिनय रहेको छ ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।