News

नयन राज पाण्डे को चर्चित’लू’उपन्यासमा फिल्म निर्देशन गर्दै प्रदिप भट्टराई

1656227486

काठमाडौं । कारो फिल्म्स् ब्यानर ले नयन राज पाण्डे को चर्चित ” लू “उपन्यासमा फिल्म बनाउन लागेको हो। यसको निर्देशन प्रदिप भट्टराई ले गर्ने भएका छन्।

निर्माता निशा खरेल र निर्देशन प्रदिप भट्टराई बीच फिल्म निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।

फिल्मको निर्देशकका रुपमा भट्टराई रहने जानकारी दिँदै कारो फिल्म्सले जारी गरेको विज्ञप्तिमा निर्मात्री निशा खरेल र भट्टराईबीच लिखित सहमति भएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘उपन्यासमा नेपाल र भारतको सीमाको विषय पनि उठेको छ। उपन्यास जति रोमाञ्चक छ, फिल्म पनि उति नै मजा आउने किसिमको छ। दर्शकलाई मनपर्ने कथा यसमा समेटिएको छ।’

निर्देशक भट्टराईले यसअघि निर्देशन गरेका फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ व्यवसायिक रुपमा सफल फिल्महरु हुन्। हाल भट्टराई ‘महापुरुष’ फिल्मको काममा व्यस्त छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments