रामकृष्ण ढकालको प्रेम वियोग वियोगको कथा ‘फुटेको छु सिसा जस्तै’ (भिडियोसहित)
काठमाडौं । गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । ‘फुटेको छु सिसा जस्तै’ बोलको गीत सार्वजनिक भएको हो ।
रामकृष्णको स्वर रहेको गीतमा शतीस चापागाईंको शब्दरचना छ । राजनराज शिवाकोटीले संगीत भरेको गीतले वियोगको कथा भन्छ । प्रेम वियोगमा एक्लो भएको प्रेमीको छटपटी गीतका शब्दमा उल्लेख छ ।
डीजे राजु सिंहले निर्देशन गरेको भिडियोमा गायक स्वयं फिचर्ड छन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।