Todays Date: २०८३ जेष्ठ २८

‘ऐना झ्यालको पुतली’ भदौ २४ गते रिलिज हुने

काठमाडौं । फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा रिलिज हुने भएको छ। निर्माण टिमले शुक्रबार प्रदर्शन मिति सार्वजनिक गरेको हो।

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्ड जस्ता फेस्टिभलमा छनौट भइसकेको फिल्म हो। फिल्मको कथा सुजितले नै लेखेका हुन्।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राजथापा, बिशाचामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाशपौडेल, प्रविन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्तश्रेष्ठ मिलेर निर्माण गरेका हुन्। फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पासंगमको संगीत,कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x