काठमाडौं । गायिका सुमिता राईको ‘सुख खुशी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि बेलायतमा रहँदै आएकी गायिका सुमिताले सुख र खुशीको कुरा गर्दै रिलिज गरेको गीतमा उनले देश छोडेर परदेश जान कसैलाई पनि रहर नहुने तर भावीको खेलले को कहाँ पुगिन्छ त्यो टुंगो नहुने कुरालाई इंगित गरेकी छिन् ।
बेलायतका रमणीय स्थानहरुमा छायाङकन गरिएको देश प्रेमले भरिएको गीतमा गायिका स्वयमकै अभिनय देख्न सकिन्छ । परदेशको ठाउँमा, मन त हजुर उतै हुन्छ आफ्नै गाउँ घरमा जस्ता मर्मस्पर्शी शब्दहरुले भरिएको गीतका शब्द सिर्जना हिमकला किरातीका हुन् भने गीतमा गंगाराज राईको संगीत रहेको छ ।