Todays Date: २०८३ जेष्ठ ३०

विवादपछि बालेन्द्रले फिर्ता गरिदिए ‘नेपहप श्रीपेच’को मुकुट

काठमाडौं । र्‍याप गीतमा आधारित रियालिटी शो ‘नेपहप श्रीपेच’ को उपाधिमा प्रदान गरिएको मुकुट फिर्ता गरिएको छ।

मुकुटको विषयलाई लिएर विवाद बढेपछि निर्णायक बालेन्द्र शाह र विजेता भाइबर सामेनले बौद्ध धर्म गुरुलाई मुकुट फिर्ता गरेका हुन्।

सोमबार राजधानीको ज्याठामा एक समारोह आयोजना गर्दै रियालिटी शोका तर्फबाट गल्ती भएको भन्दै मुकुट फिर्ता गरिएको हो।

गत शनिबार उक्त शो को फाइनल भएको थियो। काठमाडौं महानगरपालिकाका मेयरसमेत रहेका बालेन्द्रले विजेता साइमनलाई पञ्चबुद्धको आकृतिसहितको मुकुट लगाइदिएका थिए।

तर, उक्त मुकुट बौद्ध धर्ममा बज्राचार्यको पूजामा अभिषेक पाएपछि गुरुहरूले शिष्यलाई दिने चलन गरेको भन्दै आलोचना भएको थियो।

तीव्र आलोचना भएपछि उक्त मुकुट फिर्ता गरिएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x