Todays Date: २०८३ जेष्ठ ३०

सरकार–माओवादी जनयुद्धको पृष्ठभूमीमा रहेको चलचित्र ‘दोख’ प्रदर्शनमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दोख’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ। अनुप बरालले निर्देशन गरेको चलचित्र शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको हो।

चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमनी गुरुङ, माओत्से गुरुङ मुख्य भूमिकामा छन्। चलचित्रले तत्कालीन सरकार–माओवादी युद्धको पृष्ठभूमिमा रहेर विभिन्न कथा भन्ने निर्देशक बरालले बताएका छन्।

यसअघि सार्वजनिक फिल्मको ट्रेलरमा माओवादी युद्धको समयमा एक जंगलको सीमा विवादलाई फुटबल खेलमार्फत् गर्न खोजिएको समाधान देखिन्छ।

सँगै आम नागरिकमाथि माओवादी युद्धका क्रममा भएका ज्यादतीका अंशहरु पनि ट्रेलरमा पोखिएका छन्। अभिनेत्री दिया मास्के र अभिनेता मनिष निरौलाबीचको प्रेम सम्बन्ध पनि ट्रेलरमा झल्किएको छ।

फिल्मलाई राजन कठेतले लेखेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x