Todays Date: २०८३ जेष्ठ २८

जितु र साम्राज्ञी अभिनित चलचित्र ‘ह्यारीकी प्यारी’ कात्तिक २५ मा

काठमाडौं । डा. भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘ह्यारीकी प्यारी’ कात्तिक २५ मा प्रदर्शन हुने भएको छ।

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मूख्य भूमिका रहेको चलचित्रको आज शुक्रबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

सार्वजनिक पोस्टरमा जितु र साम्राज्ञीलाई प्रस्तुत गरिएको छ। जसमा साम्राज्ञी बेहुलीको पहिरनमा देखिएकी छन् भने जितुलाई बाजा बजाउँदै गरेको देख्न सकिन्छ।

चलचित्रमा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतका कलाकारको अभिनय रहेको छ।

दन्त चिकित्सक कपिल रिजाल यही चलचित्रबाट निर्देशनमा डेब्यू गर्दैछन् भने चलचित्रको कथा निर्देशक रिजाल आफैँले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x