काठमाडौं । चलचित्र ‘सिल्ली फो’को नयाँ गीत ‘चार इञ्चको सेन्डल’ सार्वजनिक भएको छ । कमेडी जनराको ‘सिल्ली फो’लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र रविन्द्र झा चित्रित छन् । पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा दीपक लिम्बू र प्रीति आलेको स्वर समावेश छ ।
नायिका बन्ने सपना पालेका चार ‘मूर्ख’ पात्रको कथावस्तुमा बनेको फिल्ममा हास्य कथावस्तु राखिएको छ । चलचित्र अकोृ शुक्रवार देखि प्रदशृनमा आउनेछ ।