काठमाडौं । ‘सरोगेसी’ अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने विधिको कथावस्तुमा आधारित फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ ।
गोपीकृष्ण मुभिजले निर्माण गरेको फिल्मको मुख्य भूमिकामा सौगात मल्ल, सृष्टि श्रेष्ठ, आशान्त शर्मा, लुनिभा तुलाधर र एनी कुँवरको अभिनय छ ।
‘क्राइम पेट्रोल’ र ‘सावधान इन्डिया’ फेम्ड रञ्जिन रौनियार निर्देशित फिल्ममा कमेडी र इमोसन दुवै भाव समेटिएको छ ।
पैसाको लागि पत्नीलाई बच्चा जन्माउन अनुमति दिने मुख्य पात्रले जब बच्चा गुमाउनुपर्ने परिस्थिति आउँछ, अनि आउने अभिभावकीय महसुस यसको कथावस्तु हो ।
फिल्ममा सौगात र सृष्टिको अलवा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियार लगायतको अभिनय छ ।
फिल्ममा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।