काठमाडौं । गायिका सुजता अधिकारीको तीज गीत सार्वजनिक भएको छ । ‘नाचेर टोलै थर्काउने’ बोलको सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द संगीत समावेश गरिएको छ।
गीतको म्यूजिक भिडिओमा बेली डान्सर बिनु शाक्यदेखि टिकटक स्टार उषा उप्रेती, आभा थापासम्मका कलाकारले अभिनय गरेका छन्।
विकास ज्ञवालीले निर्देशन गरेको भिडिओ रामकुमार केसीले खिचेका हुन्।