Todays Date: २०८३ जेष्ठ १२

‘झिँगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक (भिडियो)

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलद्वारा संगीतबद्ध तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ ।

फिल्ममा केकी र आँचल जेठानी देवरानीको भूमिकामा छन् । यसअघि सार्वजनिक फिल्मको गीत ‘आगोबिना बिंडी जल्दैन’ले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ ।

भदौ १७ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा केकी र आँचलले पहिलोपटक एकसाथ पर्दा सेयर गरेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x