राजेश पायलको ‘दाईकी कान्छी साली’ ‘साली-भेना’ बने अन्जली र सुधीर(भिडियो)
काठमाडौँ । गायक राजेश पायल राई र गायिका सुरेखा क्षेत्रीको स्वरमा रहेको गीत ‘दाईकी कान्छी साली’को भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष पोखरेलको शब्द तथा करण राज कार्कीको सङ्गीत रहेको छ ।
गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुधीर श्रेष्ठ र अन्जली अधिकारीले भिनाजुको भाइ र दाईकी कान्छी सालीको भूमिकामा अभिनय गरेका छन् । नृत्यमा आधारित भिडियोमा गाउँले जीवनलाई चित्रण गरिएको छ । यसका कोरियोग्राफर सुबोल थापा हुन् ।
पवन सुस्लिंगले छायाङ्कन गरेका छन् भने नवीन निरौलाले सम्पादन एवं कलर ग्रेडिंग गरेका छन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।