‘छड्के २’ मा अनमोल केसी ग्याङ्गस्टरको भूमिकामा देखिदैँ
काठमाडौं । फिल्म ‘छड्के २’ मा अनमोल केसी ग्याङ्गस्टरको भूमिकामा देखिदैँछन्। यतिखेर भरतपुरको चितवनमा फिल्मको वर्कशप चलिरहेको छ। निर्माण टिमले वर्कशपका केही फोटोहरू सार्वजनिक गरेको छ।
तस्विरमा अनमोल फिल्मको तयारीका लागि कडा मेहनेत गरिरहेको देख्न सकिन्छ।
निगम श्रेष्ठको पटकथा र निर्देशन रहने फिल्मका निर्माता प्रशान्त गिरी र लक्ष्मण काफ्ले हुन्। फिल्ममा अनमोलसहित रबिन तामाङ र कमलमणी नेपाल फाइनल छन्।
फिल्मको छायाङ्कन भदौ १ गतेबाट सुरु गर्ने निर्माण टिमको तयारी छ। साउनकै तेस्रो साताबाट छायाङ्कनमा जाने भनिएता पनि विविध कारणसँगै सुटिङ रोकिएको बताइएको छ। फिल्मको छायाङ्कन सेड्युल ६० दिनको रहेको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।