News

त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ‘बाबरी’को पोस्टर सार्वजनिक

babari1660295433

काठमाडौं । सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्म ‘बाबरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ।

यसअघि मुख्य कलाकार धिरज मगर र अदिती बुढाथोकीलाई मात्र फिल्मको प्रचार सामाग्रीमा समेटिएको थियो। नयाँ पोस्टरमा डेब्यू अभिनेता धिरज नाडकरलाई समेट्दै पोस्टर सार्वजनिक गरिएको हो। उनी अभिनेत्री तृप्ति नाडकरका छोरा हुन्।

दुई वटा पोस्टरमा धिरज, अदिती र धिरजको मित्रतालाई प्रस्तुत गरिएको छ भने तेस्रो पोस्टरमा धिरज नाडकर र अदितीलाई रोमान्टिक अवतारमा देखाइएको छ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धिरज, अदिती र धिरजसँगै बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दिलिप गुरुङलगायत कलाकारको अभिनय छ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन्।

बाबरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् भने सुष्मा गुरुङले सहनिर्माताको भूमिका निर्वाह गरेकी छन्।

भदौ ३१ देखि प्रदर्शनमा आउने फिल्मको ट्रेलर साउन ३० गते सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments