Todays Date: २०८३ जेष्ठ १२

नेपाली र हिन्दी भाषामा एकै पटक ‘प्रेमगीत ३’को टिजर सार्वजनिक

काठमाडौं । ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा एकै पटक ‘प्रेमगीत ३’को टिजर सार्वजनिक गरिएको हो ।

नेपाली भाषाको टिजर ओएसआर डिजिटलमा र हिन्दीको टिजर स्पार्कलिङ स्टुडियोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यो फिल्म आगामी २३ सेप्टेम्बर, असोज ७ गते नेपाल र भारतमा एकैदिन प्रदर्शन हुने भएको छ ।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका छ ।

फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x