Todays Date: २०८३ जेष्ठ १२

‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक

काठमाडौं । सुजित बिडारीको निर्देशनमा बनेको फिल्म ‘ऐना झ्यालको पुतली’को ट्रेलर सार्वजनिक भएको छ। विभिन्न महोत्सवहरुमा सफलताका साथ प्रदर्शन भएको फिल्मको ट्रेलर आइतबार सार्वजनिक भएको हो।

फिल्मको ट्रेलरमा मुख्य पात्र विद्या र उनको भाइ बसन्तलाई समेटिएको छ। शिक्षाप्रतिको चाहना र त्यसलाई प्राप्त गर्न उत्पन्न भएका अवरोधहरुको झलक फिल्मको ट्रेलरमा पाइन्छ।

निर्माण पक्षकाअनुसार फिल्म आफ्नो पढ्ने चाहना त्यागेकी दिदी विद्याको कविता मुना पत्रिकामा छापिएको थाहा पाएपछि भाइले जीवनलाई नै जोखिममा हालेर उक्त पत्रिका खोज्न गरेको संघर्षसँग आधारित रहेर बनेको छ। ट्रेलरमा देखाइएका दृश्यहरुबाट दिदी र भाइबीचको सम्बन्धमा फिल्म बनेको भन्ने महसुस गर्न सकिन्छ।

बिडारीको यो फिल्म विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा छनोट तथा प्रदर्शन भएको फिल्म हो। फिल्म दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक स्क्रिन अवार्डलगायतका महोत्सवमा छनोट भइसकेको छ।

फिल्म बुसानमा सबैभन्दा धेरै पुरस्कार राशीको ‘न्यु करेन्ट सेक्सन’मा छानिएको थियो। बिडारीको डेब्यु फिल्म रहेको ‘ऐना झ्यालको पुतली’मा सिरु विष्ट, दिनेश खत्री, विशा चाम्लिङ राई, कञ्चन चिमरियालगायतका कलाकारको अभिनय रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x