Todays Date: २०८३ जेष्ठ २८

वियोगान्त प्रेम कथामा आधारित गीत ‘झल्को तिम्रै’

काठमाडौं । प्रविण बेडवालको स्वरमा ‘झल्को तिम्रै’ बोलको गीत सार्वजनिक भएको छ।

वियोगान्त प्रेम कथामा आधारित गीतको भिडिओमा धिरेन्द्र सिनाल र सुरबिना कार्कीको अभिनय देख्न सकिन्छ। सरोज केसीको शब्द रहेको गीतमा आशिष अभिरलको संगीत तथा एरेन्ज रहेको छ।

यो सोनु सिनालको जीवनीमा आधारित गीत हो। सन् २०१८ मा सोनुलाई मृगौलाको समस्या देखिएको थियो। मृगौलादाता नपाएपछि उनको २०७८ कार्तिक २२ निधन भएको थियो। उनकै सम्झनामा सोनुका श्रीमान् धिरेन्द्र सिनालले गीत बनाएका हुन्।

यो गीतलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन्। निशाल पौडेलले छायांकन गरेको गीतको भिडिओलाई लक्ष्मण सुनारले सम्पादन गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x