Todays Date: २०८३ जेष्ठ २८

सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ लोकार्पण

काठमाडौं । सुरेश बडालको नयाँ उपन्यास ‘मायाका मसिना अक्षर’ भिडियोमार्फत लोकार्पण गरिएको छ। प्रकाशक फाइनप्रिन्टको अफिसियल पेज फेसबुक, इन्स्टाग्राम र ट्विटरमा एकसाथ भिडियो सार्वजनिक गरेर उपन्यास लोकार्पण गरिएको हो।

उत्कृष्ट कृतिका रूपमा बडालको ‘मायाका मसिना अक्षर’ आएको लेखक सुविन भट्टराईले बताए। विशेषगरी आफूलाई उपन्यासको भाषाले तानेको उनको भनाइ छ।

‘यस कृतिको विशेषता इमोसन हो, यसले ठाउँठाउँमा पाठकलाई भावुक बनाउँछ’, भट्टराईले भने, ‘उपन्यास पढिरहँदा छङछङ खोला बगे झैं आनन्दानुभूति हुन्छ। सुरेशजीको सुन्दर लेखनीले उनलाई एउटा उचाइमा पुर्‍याउनेछ।’

प्रेमका कथा लेख्नमा आफूलाई रुचि भएको र त्यसै सन्दर्भमा यो पुस्तकको जन्म भएको लेखक बडालले बताए।

‘प्रेमका कथा धेरै पढेको थिएँ। तर कहीँ न कहीँ केही केही खट्किरहन्थ्यो’, उनले भने, ‘के हिजोआज पनि आदर्श प्रेम जीवित छ? मायाप्रेमका नाममा छोटा आकर्षण र विकर्षण भइजाने सोसल मिडिया पुस्ताका अप्ठ्याराका कथा किन नलेखूँ भनेर मैले यो प्रयास गरेको हुँ।’

आकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने मायाका मसिना अक्षरले हामीलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ। सबै कुरा प्रविधिमैत्री भएको सन्दर्भमा पुरानो शैलीबाट भइरहेको पुस्तक विमोचनलाई प्रविधिको प्रयोगबाट गर्ने नौलो कोशिश फाइनप्रिन्टले गरेको छ।

कथासङ्ग्रह रहर प्रकाशन गरिसकेका उनको मायाका मसिना अक्षर पहिलो उपन्यास हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x