Todays Date: २०८३ जेष्ठ २८

वैशाख १ मा अन्तरजातीय प्रेममा आधारित सुहानाको ‘भगवत गीता’

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रवार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ । निर्देशक झरना थापाले ‘ए मेरो हजुर’ सिरिज छाडेर नयाँ नाममा फिल्म बनाउने घोषणा गरेकी हुन् ।

सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ ।

फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन् । झरनाका अनुसार फिल्मका लागि सुहानाको जोडी खोजी भइरहेको छ । फिल्मले अन्तरजातीय प्रेमकथा बोल्नेछ ।

फिल्मको बाँकी कलाकारको बारेमा भने निर्माण टिमले कुनै औपचारिक जानकारी दिएको छैन । चर्चाअनुसार झरना थापाले सुहानाको जोडीको रुपमा धिरज मगरलाई लिन खोजिरहेकी छिन् । यसैगरी फिल्मको एउटा भूमिकाका लागि दयाहाङ राईसँग पनि कुरा भइरहेको चर्चा थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x