Todays Date: २०८३ जेष्ठ २८

शिव परियारको ‘फूलै फूल दिन्छौ कि’

काठमाडौं । गायक शिव परियारको स्वर रहेको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ।

‘फूलै फूल दिन्छौ कि’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक गरिएको हो। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको संगीत रहेको छ।

यो म्युजिक भिडिओलाई विवेक रसाइलीले निर्देशन गरेका हुन्। वियोगान्त कथा बोकेको गीतको भिडिओमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई देख्न सकिन्छ।

https://youtu.be/YqouTgCXwcM

सौरभ लामिछानेले छायांकन गरेको भिडिओलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्। गीतको भिडिओ आशिष अविरलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x