Todays Date: २०८३ जेष्ठ १२

फिल्म ‘२ नम्बरी’को शीर्ष गीत लेखन प्रतियोगिता, विजेतालाई ५० हजार पुरस्कार

काठमाडौं । फिल्म ‘२ नम्बरी’को टिमले शीर्ष गीत प्रतियोगिताको आह्वान गरेको छ। प्रतियोगितामा छानिएको उत्कृष्ट गीतलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

साथै, उक्त गीतलाई रेकर्ड गराएर चलचित्रमा समेत समावेश गरिने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए।

‘प्रतियोगितामा सहभागी हुन इच्छुकले संसारका जुनसुकै ठाउँबाट गीतको रफ भर्सन रेकर्ड गराएर पठाउन सक्नेछन्। चलचित्रको टिजर बुढासुब्बाको युट्युब च्यानलमा उपलब्ध छ। उक्त, टिजर हेरेर चलचित्रको टाइटल गीत तयार पार्न सकिनेछ,’ उनले भने।

लोक, आधुनिक, शास्त्रीय वा पाश्चात्य जुनसुकै शैलीको गीत भएपनि फरक नपर्ने निर्माणपक्षले बताएको छ। तर, कुनै पनि व्यक्तिले एउटा सिंगो गीत कम्पोज गरेर रफ फाइल पठाउनुपर्ने छ।

आवश्यक परेको खण्डमा निर्माणपक्षले नै लोकप्रिय गायक/गायिकाको स्वरमा रेकर्ड गर्ने निर्देशक दीपेन्द्र लामाले बताए। भदौभित्र ३१ गतेभित्र गीत तयार गरेर ‘२ नम्बरी’ फिल्मको इमेलमा पठाउनुपर्नेछ।

गीत छनोट प्रक्रिया निष्पक्ष बनाउनका लागि निर्माण पक्षले निर्णायक समितिका सदस्यहरुको नामलाई गोप्य राखेको छ। यो फिल्म आगामी असोज २१ गते रिलिज हुनेछ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x