विकासको ‘प्रेमको परिभाषा’मा राजेश र वर्षा
काठमाडौं । विकास राणाको नयाँ गीत ‘प्रेमको परिभाषा’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा बीबी थापाको शब्द र शशि बिक्रम थापाको संगीत छ ।
गीतमा विनोद भुजेलले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा राजेश हमाल र वर्षा राउतको अभिनय रहेको छ । बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हो ।
गीत गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’ मार्फत सार्वजनिक भएको हो । यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।