News

‘मिस युनिभर्स नेपाल २०२२’को उपाधि सोफिया भुजेललाई

miss1661496003

काठमाडौं । ‘मिस युनिभर्स नेपाल-२०२२’ को उपाधि सोफिया भुजेलले जितेकी छन्। काठमाडौंमा बिहीबार आयोजना भएको कार्यक्रममा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को उपाधि जितेकी हुन्। उनलाई सन् २०२१ की मिस युनिभर्स सुजिता बस्नेतले ताज लगाइदिएकी थिइन्।

सोफियाले उपाधिसँगै १० लाख रुपैयाँ र इलेक्ट्रोनिक स्कुटी पनि प्राप्त गरेकी छिन्। साथै, उनले अब ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

विपना अधिकारी फर्स्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए।

यस वर्षको ‘मिस युनिभर्स नेपाल’को निर्णायकमा बैंकर अनिल केशरी शाह, अभिनेत्री प्रियंका कार्की, ऋचा शर्मा, संगीता थापा, सिमा गोल्छा, थियागाराजन रामाशामी थिए।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments