Songs

ममता गुरुङको ‘आँखामा छौ तिमी’

काठमाडौं । कुमार आचार्य निर्देशित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो ।

ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत संयोजन रहेको छ । गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् ।

रवि कोइरालाले खिचेको गीतको भिडियोमा बन्दे प्रसादको सम्पादन प्रबिन ढकालको कलर रहेको छ । म्युजिक भिडियोलाई रेडबर्ड अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments